काठमाडौं । युट्युबमा अश्लील शीर्षक राखेर भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युटुवरलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो । लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ ।

लामालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

 

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com