धरान । पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगरका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला धरान वडा नम्बर २० मा श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्छन् ।

यो अभियानले धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारण बताउँछन् । तर, श्रमदानमा ११ नम्बर वडाका मात्रै होइन धरानका प्रायजसो सबै वडाका मानिस त्यहाँ पुगेका छन् ।

साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा पुगेका छन् । उनको साथमा सर्वसाधारणहरुले काम गरिरहेका छन् । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण गरिएको छ भने झण्डै डेढ किलोमिटरसम्म पाइप टाँगिएको छ । शनिबार पनि साम्पाङसँगै सर्वसाधारण पहिरो गएको अप्ठ्यारो ठाउँमा पाइप तान्न व्यस्त थिए ।

‘खुसीको कुरा के भने मैले जनतालाई विकाससँग जोड्न सकेजस्तो लाग्छ । यो काम भनेको हरेक जनतालाई मेरो आफ्नो पनि हो भन्ने लागेको छ, यस्तो इतिहासमा कहिल्यै पनि भएको थिएन,’ धरानका प्रमुख साम्पाङ भन्छन् ।

धरानको सर्दु खोलाबाट पम्पिङ गरेर पानी तान्दा मात्रै मासिक ३० लाखसम्म बिजुलीको बिल उठ्ने गरेको र वार्षिक खर्च करोडौं हुने गरेको साम्पाङ बताउँछन् । त्यही खर्चलाई घटाउनका लागि पकुवा खोला तथा अन्य धेरै खोल्सीको पानी जम्मा गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन् ।

 

प्रकाशित मिति: २५ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com