काठमाडौं । कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।
एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको बोइलर कुखुराको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।
पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले कुखुरा उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घटेको हो,’ उनले भने।
प्रकाशित मिति: २८ असार २०७९, मंगलबार
प्रतिक्रिया