एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ। श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेपछि श्रीलंकामा अंकटकाल घोषणा गरिएको हो।

राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले राजापाक्षेको निवास कब्जा गरेको केही दिनपछि गोटाबय राजापाक्षेले देश छाडेका हुन्।

दक्षिण एशियामा अवस्थित अभूतपूर्व आर्थिक सङ्कटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ। पछि राष्ट्रपतिले बुधवार पदत्याग गर्ने बताएका थिए, तर अहिलेसम्म उनले औपचारिक रूपमा राजीनामा दिइसकेका छैनन्।

श्रीलङ्कामा महिनौँदेखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको छ। केही सातादेखि मानिसहरू आन्दोलित भएका छन्। यो अवस्थाका लागि राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष दिएका छन्।

 

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com