काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष समेत रहेका दिल निशानी मगरको एक फेसबुक फोटो भाइरल भएको छ। उनले ‘वान पिस्’ कपडा लगाएर खिचेको फोटो सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेपछी अहिले उक्त तस्वीर भाइरल भईरहेको छ। उक्त कपडा कसैले आफुलाई गिफ्ट दिएको उनले फेसबुक स्टाटसमा बताएका छन्।

उनले उक्त तस्वीर सार्वजनिक गर्दै भनेका छन्, ‘आज म डाईटिसियनकोमा गएको थिए। टर्कीमा जन्मिएका उनी धेरै रमाईला छन्। जिरो फिगर हुन लाग्यो अब शरिर मेनटेन भयो भनेर बधाई दिनुभयो। अन्त्यमा यो लुगा उपहार दिनुभयो। र भन्नुभयो- यो जिरो फिगरवाला कपडा हो, हरेक महिनाको अन्तिममा यो लगाउनु, र आफैलाई तुलना गर्नु। अब म कहाँ आईरहनु पर्दैन। आज पहिलो पटक लगाएको। कस्तो देखिएको छ?’

उनले यस्तो तस्वीर सार्वजनिक गरेपछि यतिबेला सामाजिक संजाल प्रयोगकर्ताहरुले ट्रोल बनाइरहेका छन्। उनको यो तस्वीर प्रती सकारात्मक तथा नकारात्मक टिप्पणीहरु आइरहेको छ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com