चितवन । भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको छ। उक्त घटनालाई लिएर नेपाल पत्रकार महासंघ चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका पत्रकार आचार्यले आफूमाथि कुटपिट भएको जनाएका छन्। कार्यालयको मुख्य गेट बन्द गरेर लखेट्दै कुट्ने, लगाएको कपडा च्यात्ने र मोबाइल फोन समेत कार्यालयका कर्मचारीले कब्जा गरेको आचार्यको बताए ।

पत्रकार महासंघ चितवन शाखाले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि गएका पत्रकारमाथि भएको कुटपिटमा संलग्न सबै दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ।

प्रकाशित मिति: ३२ असार २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com