काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। आसन्न स्थानीय तहको निर्वाचन तयारी, घोषणापत्र/प्रतिबद्धता पत्रमाथि छलफल गर्न बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान ११ बजे पार्टी कार्यालय, थापाथलीमा बस्ने तय भएको छ। एमालेले कम्युनिस्ट दिवसका दिन वैशाख ९ गते सार्वजनिक गर्ने घोषणापत्र तयारी गरेको छ।

केन्द्रले टुंगो लगाउने ६ महानगर र ११ उपमहानगरपालिकामध्ये धेरै ठाउँमा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ। छनोट भएका उम्मेदवारको समीक्षा र बाँकी रहेकामा कसलाई पठाउनेबारे पनि छलफल हुने बताइएको छ।

प्रचार विभाग उपप्रमुख रिजालका अनुसार सचिवालय बैठक सोमबार साँझ ६ बजे बस्नेछ। त्यसअघि केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com