काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले वर्तमान व्यवस्थाबाट जनताहरु सन्तुष्ट नभएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा महासचिव विप्लवले सरकार जनताका मागप्रति संवेदनशिल नभएको बताए। संसद‍्वादी दलहरु देश हाक्न असफल भएको उनको दावी छ।

‘देश टाँट पल्टिदै गएको छ । महंगी बढ्दो छ । संसदवादी पार्टी देशको नेतृत्व गर्न असफल बनेका छन् । मन्त्री फेरिएका छन् । मन्त्री बन्ने रोलक्रम सुरु भएको छ । मन्त्री बनेर देशको सम्पत्ति लुट्ने काम भएको छ,’ उनले भने, देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको छ । जनताको आवाज सुनिदैन । फटाहहरुको रोलक्रम सुरु भएको छ।’

नेपालको स्वाधिनता, सार्वभौमिकता सार्वधिक खतरामा रहेको उनको भनाइ छ। विप्लवले भने, ‘राष्ट्रिय स्वाधिनता खतरामा छ । एसपीपी र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता भएका छन् । देशको स्वाधिनता बच्छ कि बच्दैन, बहस चिन्तनको विषय बनेको छ । जनताको घरमा चामल छैन । महंगीले थिचेको छ । दिनदहाडै बलात्कार बढेको छ । सत्तामा बसेका मान्छेहरु भने लुटिरहेका छन् । यो लुटेराहरुको व्यवस्था हो ।’

 

प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com