काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्।
सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेका उनले सोमबारको हाजिर गरेर पदबाट राजीनामा दिएका हुन्। एआईजीपी पोखरेलले सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा हाजिर गरेपछि राजीनामा दिएको बताए।
आफुले दाबी गरेअनुसार सर्वोच्चको फैसला नआएसंगै पदमा रहिरहनु उचित नठानेपछि राजिनामा दिएको उनको भनाई छ ।
प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार
प्रतिक्रिया