काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाम किराँत नराखे देश विखण्डन सम्म पुग्ने बताएका छन्।

प्रदेश १ को नाम किरात राख्न माग गर्दै स्मरण पत्र बुझाउन गएको किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नाम  किरात नराखे ठूला ठूला लडाईं र झगडा हुने बताए।

‘अहिले मूलधारका पार्टी र नेताहरु पहिचानविरोधी नाम राख्न लागेका छन्’, उनले भने, ‘स्थिति खराब आयो भने तपाईंहरु सडकमा उत्रिन जरुरी छ। मेरो कार्यकाल मंसिरसम्म हो। मंसिरपछि आन्दोलन गर्न तपाईंहरुको साथमा आउने छु।’

प्रदेशको नाम किरात नराखे विस्तारै आन्दोलन उठेर भुसको आगो जसरी सल्किँदै जाने चेतावनी पनि दिए। ‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ? समय पनि  लाग्ला, तर यो तुष भुसको आगा सल्किए सल्किँदै जाने छ’, उनले भने।

 

प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com