बिराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे।

पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। ‘संविधान अपरिवर्तनीय होइन’, उनले भने, ‘आवश्यक परे समयसापेक्ष संशोधन गर्न सकिन्छ।’

प्रदेश १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको भन्दै उनले यसका लागि साझा सहमति बनाउनुपर्ने तर्क गरे।

 

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com