काठमाडौं । काठमाडौं महानगर वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ। पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन्।

असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति जारी गर्दै ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ।

केही दिन अघि कार्यपालिका बैठकमा वडाध्यक्ष दलबहादुर कार्कीलेे भनेका थिए, ‘बजारमा कुकुर मार्ने औषधि खोजी रहेको थिएँ । बजारमा औषधि नै छैन, औषधि पाएको भए २ हजार ५ सय कुकुर एकै पटक मार्ने थिएँ । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो।’

अभियानका अध्यक्ष उत्तम पुडासैनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडा अध्यक्षले कुकुर मार्ने जुन अभिव्यक्ति सार्वजनिक रुपमा दिनुभयो त्यसले उहाँको सोच र हैसियतलाई छताछुल्ल मात्र बनाइदिएको छैन अन्तर्राष्ट्रिय जगतमा हाम्रो शीर निहुरिएको छ।’

‘यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१औं शताब्दिको सोचमा मग्न भइरहँदा हामी उही १६औं शताब्दिको पुरातन सोचमा रुमलिएका छौं’ पुडासैनीले भनेका छन्।

अनगिन्ति पीडालाई सहन गर्दै धेरै अर्थमा मान्छेको सहयात्री र रक्षकका रुपमा आफनो ख्याती आर्जन गरेका अवोध कुकुरहरुको उचित व्यवस्थापन र उनीहरुको सम्मानजनक जीवनयापनको बदलामा उनीहरुलाई मार्ने सोच पाखण्डपनको पराकाष्टा भएको उनको भनाइ छ।

 

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com