मोरङ । विराटनगर महानगर स्थित ठुलदाइको होटल र सोही महानगरपालिका वडा नम्बर ३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम उक्त पदार्थ सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका वडा नं ७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका वडा नं ४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका वडा नं २ बस्ने ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका वडा नं १२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका वडा नं ९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।

यसैगरी उक्त दुधफारमबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका वडा नं ८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका वडा नं ६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका वडा नं १२ बस्ने ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका वडा नं ५ बस्ने ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका-३ बस्ने ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका वडा नं ५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com