काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् ।

संसदीय छानवीन समितीलाई बयान दिदै तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।

उनले छानविन समितिमा बयान दिँदै भने,‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’

उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ  भन्ने जानकारी मन्त्रीलाई जानकारी नहुने  बताए ।

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com