काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले आफू नेपाली भाषामा पहिल्यैदेखि कमजोर रहेको बताएकी छन्।

नबिना लामा सामाजिक संजाल फेसबुकमा लेख्छिन्, ‘आज मैले शुन्य समयमा बोल्नेक्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरे। म नेपाली भाषामा पहिल्यैदेखी कमजोर छु । मैले अरु बेला पनि वोल्ने लेख़्ने विषयमा गल्ती नै गरीरहेको छु । यो विषयमा सच्याउने कोशिस गरिरहेको छु।’

उनी भन्छिन् , ‘आज सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ। मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोज्ने प्रति म फेरि पनि भन्न चाहान्छु कि मुटुको शल्यक्रिया जस्तो संबेदनसिल विषयमा दलाली माफियाका कारण चन्ङ्गुलमा सरकार फस्नु हुदैन ।यस्तो कार्य हुनु निन्दनीय छ । म निरन्तर खबरदारी गरिनैरहन्छु, चाहे भाषा र टोन मिलोस या नमिलोस’

प्रतिनिधिसभाको शुन्य समयमा बोलेको कुरालाई लिएर आलोचना भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएकी हुन।

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com