काठमाडौं । संसदीय छानबिन विशेष समितिमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ। बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको जिकिर गरेका थिए ।

बयानपछि उनी पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरे।

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com