काठमाडौं । कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालले प्रदेश संरचना खारेजीको माग सहित काठमाडौंमा प्रदर्शन गरेको छ।

पार्टी अध्यक्ष थापासहित राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएका छन्। राप्रपा नेपालले धर्म निरपेक्षता र प्रदेश संरचना खारेज गर्न माग गरेको छ।

साथै भ्रष्टाचारीलाई कारबाही गर्न, रोजगारीको ग्यारेन्टी गर्न, विदेशी हस्तक्षेप बन्द गर्न र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

 

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com