काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजनक भूमिका दिए आगामी निर्वाचनमा एमाले संग तालमेल हुनसक्ने बताएका छन्।

सबै कम्युनिस्ट पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाइ छ।

नेकपा एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताए।

कांग्रेसप्रति लक्षित गर्दै खनालले केहि दलले बहुमत आउने गरि चूनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे। खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे।

खनालले अहिले बामएकताको खाँचो रहेको औल्याएका छन्। उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुदैन भन्ने प्रश्न रहेको जिकिर गरे।

प्रकाशित मिति: ७ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com