काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपी सूर्य श्रेष्ठ कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले थुनछेकको आदेश गर्दै श्रेष्ठलाई थुनामा पठाउने निर्णय सुनाएको हो। सुनार एक महिनाअघि आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । श्रेष्ठसँग रात बसेको भोलिपल्ट सुनार मृत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मृतकका प्रेमी रहेका श्रेष्ठले दिलमायाले आत्महत्या गरेको भन्दै हत्या आरोप अस्वीकार गरेका थिए ।

प्रहरीले भने हत्या गरेको निष्कर्श निकालेपछि सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध जन्मकैदको माग गर्दै अभियोग पत्र दायर गरेको थियो ।

 

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com