एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहको ‘न्यूड’ फोटोशुटको विरोध गर्दै उजुरी परेको छ ।
महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो साता रणवीरले अमेरिकी म्यागजिन पेपरका लागि नग्न फोटोशूट गराएका थिए । रणवीरको उक्त फोटोले मानिसहरुलाई श्लील कि अश्लील भन्ने विषयमा ठूलै बहस सुरु भएको थियो ।
प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार
प्रतिक्रिया