काठमाडौं । प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com