काठमाडौं । जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन भएका छन्।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयको विज्ञ टोलिले तयार पारेको बजेटमा हस्तक्षेप गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी गरिएको छ । तर, घिमिरे अहिलेसम्म नेपथ्यमै छन्। संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन ।

स्रोतका अनुसार अर्थमन्त्रालयभित्र भएको अवैध क्रियाकलापमाथि छानविन गर्न संसदीय समितिको गठन भएसँगै उनी सम्पर्कविहीन भएका हुन् । उनको मोबाइल निरन्तर स्वीच अफ छ । उनी भागेर भारतको कुनै स्थान वा दुबइ पुगेको अनुमान गरिएको छ ।

समितिमा घिमिरेलाई पनि बयानका लागि बोलाउने विषयमा छलफल भएको थियो । तर, उनी सम्पर्कमा नरहेको बुझिएपछि थप खोजिनीति नगरिएको स्रोतले बतायो।

 

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com