काठमाडौं । ओशो तपोवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार साँझदेखि मौन छन्। प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित रातो बस्त्र लगाएर घिसिङ ध्यानमा छन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेका थिए। राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

घिसिङ ओशो तपोवन पुगेपछि गेरुवस्त्र लगाएका तस्बिरसँगै नाचिरहेको भिडियोहरु सार्वजनिक भएका छन्। शुक्रबारसाँझ उनीहरुले कुण्डलिनी ध्यान गरेका थिए। शनिबार बिहान एउटा ध्यान र योगा गरेका छन्। दिउँसो समयमा अर्को ध्यानमा बसेको र यो क्रम साँझ ५ बजेसम्म निरन्तर रहने छ। शनिबार साँझ ध्यान सकेर घिसिङ फर्कनेछन्।

 

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com