काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे ।

उनले सुन्दर ठाउँ धरानको मान्छेको मन पनि त्यत्तिकै सुन्दर हुनुपर्ने भन्दै धरानलाई हराभरा बनाउनुपर्ने बताए । ‘हामी वृक्षारोपण गर्दैछौं, धरानलाई सफा, सुन्दर र हराभरा सबैथोक भएको शहर बनाउनुपर्छ’ उनले भने ।

आफूले मेयरमा उम्मेदवारी घोषणा गर्दा ५ हजार विरुवा रोप्ने प्रतिवद्धता गरेको तर १ करोड वटासम्म रोप्न सकिने बताए । उनले सर्दु खोलामा हिउँदमा आउँदा पनि पानी आउने बनाउनका लागि वृक्षरोपण गर्नुपर्ने पनि बताए ।

मेयर साम्पाङले मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै उनी भावुक बने ।
‘म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति….’ यति भन्दै उनी रुन थाले ।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ’ उनले रुँदै रुदै सुनाए ।

‘सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बनेँ’ साम्पाङले भने, ‘खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ । म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस ।’

मेयर साम्पाङले आफू सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताए।

प्रकाशित मिति: १४ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com