काठमाडौं । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन हात हालेर बिचमा छाडेका सिताराम कट्टेल (धुर्मुस) अब भने रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारी गरेका छन्।

यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।

‘केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु,’ उनले भने, ‘अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।’

धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com