काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ।

आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो । उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो ।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रकाशित मिति: १६ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com