म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये दुइजनाको शव बिहान फेला परेको थियो। बाँकी हराईरहेका तीनजनाको शव दिउँसो फेला परेको प्रहरीले बताएको छ। तमिङका ३७ वर्षिय घामबहादुर बिकको परिवार पहिरोमा परेको थियो। पहिरोले घामबहादुर सहित श्रीमति राममाया विक र छोरी रोजी विकको शव मध्यान्ह फेला परेको प्रहरीले बताएको छ। घामबहादुरका छोराहरु नविन र रुजन विकको शव बिहान फेला परेको थियो।

मंगलबार विहान करिब ३ बजे बस्ती माथिबाट खसेको पहिरोले दुई घर बगाएपछि उनीहरु हराएका थिए। वडा सदस्य भक्तबहादुर पुनले सम्पर्कविहिन भएका एकैपरिवारका तीन जनाको पुरिएको अवस्थामा शव फेला परेको बताए। ‘हराएका तीनजनाकै शव फेला परेको छ। मृतक सबै एकै परिवारका हुन,’ वडा सदस्य पुनले भने। खोज तथा उद्धारमा विहानैदेखि खटिएपनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो।

बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक भने घाईते भएका थिए। पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाईते अवस्थामा भेटिएका थिए। घाइतेको उपचारका लागि दरवाङ ल्याउने तयारी भएको छ।

 

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com