काठमाडौं । बलिउड अभिनेता हर्षवर्धन राणे यतिखेर नेपालमा छन् । आफ्नो एक साथीको रिसेप्सनमा सहभागी हुन उनी नेपाल आएका हुन्। कलाकार राणेँ  संग फोटो खिच्न उनको नेपाली युवती फ्यानहरुको रुवाबासी संगसंगै तछाडमछाड नै चल्यो ।

बलिउडमा खासै चर्चा नपाएका यी नायकको नेपालमा भने राम्रै क्रेज देखियो। उनले ‘मिट एन्ड ग्रिट’ भन्दै सोमबार आफू लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा जान लागेको जानकारी फ्यानलाई गराए । खबर पाउने वित्तिकै उनलाई भेट्न युवतीहरू टाढा–टाढाबाट बाटैदेखि टिकटक भिडियो बनाउँदै पुगेका थिए। उनलाई भेटेपछि युवतीहरुको रुवाबासीनै चल्यो।

राणे त्रिसरा पुग्नुअघि नै उनका फ्यानहरू त्यहाँ पुगिसकेका थिए । उनी गाडीबाट झरेदेखि फोटो र सेल्फी खिच्नेको घुइँचो थियो । केही युवतीहरू उनलाई देख्नासाथ गल्र्याम्म अङ्गालो हाल्दै रोए । केही ‘आई लभ यू’ भन्दै अटोग्राफ माग्दै थिए । छोटो समयको लागि पुगेका हर्ष ५० मिनेट बसेर त्यहाँबाट निक्लिए ।

आफूले ५० मिनेटभन्दा बढी समय दिन नसकेकोमा उनले माफी पनि मागे । तस्बिर खिचाउँदा र अङ्कमाल गर्दा पनि युवतीहरूलाई राणेले हात नलगाएको भन्दै फ्यानले उनको प्रशंसा गरेका छन् ।

राणे भारतमा खासै चलेका कलाकार होइनन् । २०१६ मा रिलिज भएको चलचित्र ‘सनम तेरी कसम’ बाट उनले बलिउडमा इन्ट्री गरेका थिए । सो चलचित्रमा उनको अभिनयमा प्रशंसा भएपछि राणेको खासै ठूलो चर्चा भएन। एक किसिमले भन्नुपर्दा उनी बलिउडमा ओझेलमा परेका नायक हुन् ।

 

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com