काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आफू चुनाव जित्ने र देश हार्ने राजनीति नगर्ने बताएका छन् ।
फेसबुकमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले भने, ‘शुभेच्छुकहरू भन्छन्– तपाईंले यी एजेण्डा नल्याएको भए यो पटक चुनाव जित्नुहुन्थ्यो,’ उनले अगाडि लेखेका छन्, ‘उनीहरूलाई म भन्ने गर्छु । मैले गत २०/२५ वर्षमा जे देखेँ, भोगेँ, पढेँ, बुझेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन ।’
आफ्नो दृष्टिकोणमा सहमत नहुन पनि सकिने र त्यसमा आफूलाई गुनासो नरहेको उनले उल्लेख गरेका छन् । ‘देश पनि जित्ने, चुनाव पनि जित्ने राजनीतिको मेरो प्रयास भने जारी रहनेछ । यसो भन्दै गर्दा चुनाव हारेँ भने पनि ठिकै छ,’ उनले अगाडि लेखेका छन्।
प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार
प्रतिक्रिया