काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रकै हितका खातिर आफु बोर्डमा आएको बताएका छन् ।

नेपाल चलचित्र संघले बुधबार आयोजना गरेको आफ्नै स्वागत कार्यक्रममा उनले फिल्म क्षेत्रको विकासका लागि राज्यले सहयोग नगरेको आरोप लगाएका छन्। केसीले आफ्नो कार्यकालमा फिल्म उद्योगलाई विश्वभर पुर्याउने र फिल्म क्षेत्रमा देखिएको समस्या समाधान गर्ने धारणा राखे ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू नकिम उद्दिन र प्रदीपकुमार उदयले फिल्मको विकासमा सरकार गम्भीर नभएको गुनासो गरे । गत साता बोर्ड अध्यक्षमा नियुक्त भएपछि भुवनको केही दिनयता व्यस्तता सम्मान र बधाई खानमा बढेको छ । एकातिर संघ–संस्थाले उनलाई सम्मान गरिरहेका छन् भने अर्काे तिर सामाजिक सञ्जालमा उनको नियुक्तिको चर्काे आलोचना भइरहेको छ।

 

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com