काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरीकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिको विरुद्ध भएको उल्लेख गर्दै आपत्ति जनाएका छन् ।

नेकपा एसका विदेश विभाग प्रमुख समेत रहेका खनालले बुधबार वक्तव्य जारी गर्दै पेलोसीको भ्रमणले ताइवान र एशिया क्षेत्रमाकै शान्तिमा खलल पुर्‍याएको उल्लेख गरेका छन् । उनले अमेरिकाले नै विभिन्न समयमा एक चीन नीति स्वीकारीसकेको अवस्थामा चीनको चेतावनीका बावजुद पेलोसीको भ्रमण हुनु आपत्तिजनक रहेको उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी ताइवान र समग्र एसियाको शान्तिमा खलल पार्ने गतिविधिको विरोध गर्छ’ खनालको वक्तव्यमा छ,’त्यसैले हाम्रो पार्टीको तर्फबाट म फेरी पनि एक चीन मात्र छ । त्यो भनेको जनगणतन्त्र चीन मात्र हो ।’

ताइवानको मुद्दा भनेको सम्पूर्ण रुपमा चीनको मात्र मुद्दा भएको उल्लेख गरेका छन् । ‘ताइवानको प्रश्नमा चीनले शान्तिपूर्ण र न्यायोचित ढ‌ंगले लिने अडानमा हाम्रो समर्थन रहन्छ’ खनालले अंग्रेजी भाषामा जारी गरेको वक्तव्यमा छ,’चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन ।’

 

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com