काठमाडौं । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी समेत रहेका शिव हमालको रचना तथा आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको ‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बनेको छ । गीत हटाउन चौतर्फी दबाब परेपछि ग्लोबल नागरिकसंग हमालले, ‘यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु । हामी आत्मालोचनासहित हटाउँछौं,’

यो गीत मंगलबार युट्युबमा रिलिज भएको थियो । गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन्।

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com