काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।

उनीहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।

ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो ।

प्रकाशित मिति: १९ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com