जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा चुनावमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रबाट जनमतका अध्यक्ष डा. राउतले चुनाव लड्ने घोषणा गरेका हुन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने निर्णय गरिसकेको छ । चुनाव घोषणालगत्तै जनमत पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

 

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com