काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब स्वतन्त्रले गर्छ नेताहरुले केही गरेनन् भनेर हल्ला फैलाइएको आरोप लगाएका छन् ।
एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए।
देश बनाउन फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ छ।
प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार
प्रतिक्रिया