काठमाडौं । नायिका सुहाना थापा यतिबेला राजनीतिक विषयवस्तुले चर्चामा छिन् । काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा समेत रहेकी सुहाना आइतबार कांग्रेस सांसद प्रकाशमान सिंहमाथि खनिएकी छन् । आगामी चुनावको सन्दर्भमा सिंहले आइतबार निर्वाचन काठमाडौं निर्वाचन क्षेत्र १ मा पार्टी निकट व्यक्तिलाई अन्तरक्रियामा बोलाएका थिए ।

उक्त छलफलपछि सुहानाले सामाजिक सञ्जालमा सिंहका विचारप्रति असहमति जनाएकी छन् । भवन र पूर्वाधार निर्माणमा ध्यान दिने, तर धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न ध्यान नदिएको भन्दै उनी आक्रोशित छिन् ।

प्लास्टिकको प्रयोगले पारिस्थितिक संकट निम्तिएको भन्दै उनले एकले अर्को पार्टीलाई गाली गर्ने प्रवृत्तिले कहीं नपु¥याउने विचार उनले राखेकी छन् । नेता सिंहले उठाएका शिक्षा र वातावरण संरक्षणका कुरा सैद्धान्तिक रुपमा सही सुनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सुहानाले आपत्ति जनाएकी छन् ।

निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिलकी सुपुत्री समेत रहेकी सुहानाले चार वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी थिइन्।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com