पोखरा । एटिएम मेसिन फोरेर पैसा चोरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका– ३ बस्ने २३ वर्षीय कृष्णबहादुर बिक छन् ।
पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको एनआइसी एसिया बैंकको एटिएम मेशिन फोरेर पैसा चोरी गर्दा गर्दै विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । एटिएम मेसिन फोरिरहेको गोप्य सुचना पाएपछि प्रहरी टोली खटाएको उनले बताए। पक्राउ परेका विक एटिएम चोरी मुद्दामा जेल परिसकेका व्यक्ति हुन् । कैद भुक्तान गरी छुटेको ८८ दिनपछि उनी पुनः सोही आरोपमा पक्राउ परेका छन् । यसअघि ० माघ ०७८ मा माछापुच्छे बैकको एटिएम मेसिन फोर्दै गर्दा उनी पक्राउ परेका थिए ।
कास्की जिल्ला अदालतले मागेको एक लाख रुपैयाँ धरौटी जम्मा गर्न नसकेपछि पुर्पक्षको लागि थुनामा गएका विक फैसलापछि तोकिएको कैद भुक्तान गरी २७ माघ ०७९ मा छुटेका थिए ।
प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार
प्रतिक्रिया