दाङ । दाङको राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीका प्रमिला (परिवर्तित नाम)को फोन आयो । प्रेमिकाले बोलाएपछि मन्साराम साइकल चढेर राती ९ बजे तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे ।
उनी पुग्ने वित्तिकै केही व्यक्ति आएर उनीमाथि कुटपिट गर्न थाले । इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा कुटपिट गरे । उनीमाथि कुट्ने अरु कोही नभएर किशोरीका बुबा पाटेश्वर यादव थिए । पाटेश्वर मन्साराम पढ्ने स्कूलका शिक्षक पनि हुन् । मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत छन्।
शिक्षक पाटेश्वरले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपीट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्।
प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया