काठमाडौं । १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर रामबालक रायले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।
इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो।
टिपर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो।
भीमफेदीको सगरमाथा होटेलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार घुस लिएलगत्तै उनी पक्राउ परेका थिए। अख्तियारले २३ असार ०७७ मा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेषका न्यायाधीश कोइराला र बाँस्कोटाको संयुक्त इजलासबाट उनले सफाइ पाएका हुन् ।
प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार
प्रतिक्रिया