काठमाडौं । अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् ।

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ। हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन्।

सार्वजनिक रुपमा केही नबताए पनि श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेकी छन् । गत महिना अनलाइनखबरसँग कुरा गर्दै निकट भविष्यमै आफूले होमप्रोडक्सन फिल्म बनाउने बताएकी थिइन् ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com