काठमाडौं । नायिका स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन्। सम्भवतः यतिबेला उनलाई फुर्सद मिलेको छ । त्यसैले त उनी फुर्सदिला दिनहरु कटाउन अमेरिकातर्फ लागिन् ।

यो फुर्सदको क्षणमा उनले भरपुर रमाइलो गरेको छनक पाइन्छ । कहिले ज्याक्सन हाइटमा सौन्दर्य प्रसाधन किनमेल गरिरहेको देखिन्छ भने कहिले समुद्री छालमा खेलिरहेको ।

भर्खरै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटो साझेदार गरेकी छिन्। जसमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छिन् । प्रिन्टेट क्याप र कालो विकिनीमा ठाँटिएर उनी समुद्री तटमा पोज दिइरहेकी छिन् । टेक्सासको दक्षिणी पाद्रे द्वीपमा उनले यस्तो फोटो खिचाएकी रहिछन् । यो टेक्सासको लोकप्रिय समुद्री तट हो ।

तस्वीरमा उनी विन्दास र उन्मुक्त भएर हाँसिरहेकी छिन् । त्यसको क्याप्सनमा लेखेकी छिन्, ‘बिच थेरापी ।’

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com