काठमाडौं । संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि (मंगलबार) काठमाडौं र नगरकोटमा हुने संयुक्त सैन्य अभ्यासका लागि उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुनेछन्। अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स-ब्यालेन्स नेल’अन्तर्गतको ३९‍औं संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।

नेपाल र चीनबीच हुने संयुक्त सैन्य अभ्यास भने कोरोना महामारीका कारण प्रभावित बनेको छ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com