काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा सम्मानित तवरबाट प्रस्तुत हुन महिलाहरुलाई सुझाव दिएका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले यसो टिकटक हेर्‍यो, हेरिनसक्नु छ । आफ्नो सम्मान आफैंले भत्काउने खालका क्रियाकलाप भएका छन् । छिटोछिटो बन्द गरेर टिकटकबाट भाग्नुपर्ने अवस्था छ ।’

ओलीले आफ्नो सम्मान आफैंले भत्काउने खालका क्रियाकलाप नगर्न आग्रह गरे । महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुनेमा उनको जोड थियो।

ओलीले बढीभन्दा बढी महिलाहरु राजनीतिमा आउनुपर्ने बताए । राजनीतिमा पुरुषको तुलनामा महिलाको कार्यसम्पादन उत्कृष्टा देखिएको उनको टिप्पणी छ ।

 

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com