काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघावर्ता गरेका छन् ।
धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।
प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया