बैशाख ५, काठमाडौं– नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्जले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसमेत रहेका माओवादी नेता जीवन गौतमले पार्टी छाडेका हुन्।

गौतम आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। तर, उनी पार्टीबाट मेयरमा सिफारिसमै परेनन् ।

उनले आज पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको खुलाए । ‘माओवादीले गैरकम्युनिष्ट चरित्र देखायो,’ उनले भने, ‘पार्टीका लागि धेरै त्याग गरियो, अब सकिँदैन, मलाई मेयर पदका लागि सिफारिससमेत गरिएन ।’ उनले आफू माओवादीको साधारण सदस्यसमेत नहुने गरी पार्टी परित्याग गरेको बताए ।

गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । दाङमा इञ्चार्जलाई छाडेर सहइञ्चार्जलाई मेयरमा उठाउने तयारी रहेको पार्टी स्रोत बताउँछ । सहइञ्चार्ज प्रचण्डनिकट हेमराज शर्मा छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com