काठमाडौं । काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।

बञ्चरे आसपासका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का  वडाअध्यक्ष मानबहादुर तामाङले ग्लोबल नागरिकलाई बताए ।

वडाध्यक्ष तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिको भागमा रबरको गोली अड्किएको छ।

 

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com