काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ ।

फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।

धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।

फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com