काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com