काठमाडौं । युवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।
गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी थिइन् ।
स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना गरिएको राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्रराज पाठकले ग्लोबल नागरिकलाई बताए ।
प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार
प्रतिक्रिया