काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।
१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–
- नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
- ४ ठाउँबाट खानेपानीको मूहान थपें । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
- ६ लाख विरुवा रोपें
- सरसफाइमा देखिने सुधार ल्याएँ
- प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
- जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
- बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
- लागु औषध विरुद्धको अभियान शुरु गरें
- योजनाहरुका लागि बजेटको जोहो गराएँ
- पारदर्शी हिसाब किताब सार्बजनिक गरें
- पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
- शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ
प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया